प्रिय आमाबुबा तथा स्याहारकर्ता,
यो 11 प्रश्नको सर्वेक्षण भर्मांट-नेसनल एजुकेसन एसोसिएसनले तयार पारेको हो । यो शिक्षक र अन्य स्कुलका कर्मचारीले कोभिड-19 सङ्कटकालको बेलामा तपाईं र तपाईंको बालबालिकालाई अझै राम्रोसँग सहायता गर्न सक्नुहोस् भन्नका लागि हो । हामीलाई थाहा छ कि बच्चाहरूको हेरचाह गर्न, दूर शिक्षा सुपरभाइज गर्न, र सबै कुराहरू पूरा गर्न तपाईं र आफ्नो साथीभाइ, स्कुल र नियमित दैनिकीबाट बन्चित तपाईंका बच्चाहरूका लागि यो कठिन तथा अनिश्चित समय हो ।
यो सूचनाले तपाईंका शिक्षकहरूलाई दूर-शिक्षाका अभ्यासहरू सुधार गर्न सहयोग गर्नेछ, तपाईं र तपाईंको बच्चाको स्कुलसँगका तार्किक अपेक्षाहरू तय गर्नेछ, परिवारको कुशलतामा आउने अवरोधहरू पहिचान गर्नेछ र तनाव कम गर्नेछ । यसले हामीलाई विधायकहरू, राज्यपाल तथा अन्य व्यक्तिहरूसँग मिलेर यो विश्व महामारीको कारण तपाईं र तपाईंको परिवारलाई भएको वित्तीय, चिकित्सा तथा आर्थिक नोक्सानीबाट जोगाउन पनि सहयोग गर्नेछ ।
मानिसहरूको गोपनियताको संरक्षण गर्न हामीले तपाईंको नाम र घरको ठेगाना सोध्ने छैनौ । हामी केवल तपाईं बस्ने काउन्टीको नाम मात्रै सोध्छौँ ।
हाम्रो सबैभन्दा ठूलो चाहना भनेको तपाईं सुरक्षित र स्वस्थ रहनुहोस् भन्ने हो । कृपया भर्मांट-NEA का 13,000 सार्वजनिक स्कुलका शिक्षकहरू, प्रशासनिक सहायकहरू. प्याराएजुकेटरहरू, बस चालकहरू, संरक्षकहरू र मर्मतसम्भार कर्मचारीहरूले तपाईंलाई आफूले सक्ने सहयोग गर्नेछन् ।
धन्यवाद ।
भवदीय,
Don Tinney, अध्यक्ष, Vermont-NEA